लकडाउनको मनोविज्ञान

विश्वको कुनै पनि ठाउँमा बस्ने मानव जातीलाई जे कुरा गर्नु हुँदैन भनेर कडाई ग¥यो, उसलाई त्यही कुरा गरौँ गरौँ लागेर आउँदोरहेछ । घरमा साना साना नानीहरुलाई तातो कुरा नछोउ है पोल्छ, भ¥याङबाट लडिन्छ, बाहिर नजाउ, भुईँमा खसेको कुरा नखाउ, आदि भन्दा उनिहरु झनै त्यस्ता कुरा गर्न खोज्छन् । युवाहरु त स्वभावतः नै आदेश र सल्लाहको विपरित बग्न रुचाउँछन् भने अधवैंशे र वृद्घहरु पनि यो कुरामा अरु भन्दा कम हुँदैनन् । कैयन् कुराको अवज्ञा गर्दा पनि खासै ठुलो नोक्सान नहुन सक्छ तर जिन्दगीमा निकै कम पटक ठुला महामारीका कारण हुने हिजोआजको जस्तो लकडाउनको अवज्ञा गर्दा भने आफ्नो मात्र नभइ धेरैको ज्यानै जान सक्छ ।
हामीले विगत केहि दशक देखि बेला बेलामा आफ्नो शहर वा पुरै मुलुक विभिन्न कारणले एकाध दिनको निम्ति बन्द भइरहने अवस्थाको त अनुभव गरेकै हो । विक्रम सम्बत २०६३ सालको दोश्रो जनआन्दोलनमा १९ दिन सम्मको बन्दको समेत हामीले अनुभव ग¥यौँ, जुन नेपालको इतिहासमा नै सम्भवतः सबैभन्दा लामो बन्द थियो । तर यसरी सरुवा रोगको महामारी कै कारण विश्व नै लकडाउनको स्थितिमा पुगेको भने मानव इतिहासमा नै यो पहिलो पटक होला । एक किसिमले सोच्दा त यो निकै डर लाग्दो स्थिति हो । तर यसलाई सकारात्मक पक्षबाट हेर्दा भने हालको महामारीबाट हुनसक्ने संक्रमणलाई न्युन गराउन र संक्रमित व्यक्तिहरुलाई सहज रुपमा पहिचान गरेर तिनलाई अलग ठाउँमा राखेर उचित उपचार गर्नुका साथै महामारीलाई भयावह स्थितिमा बढ्न नदिन मानव दिमागले सोचेको यो एक सर्वश्रेष्ठ उपाय नै हो । संसार नै केही दिनको निम्ति ठप्प भए पनि यसले कुनै पनि खतरनाक स्थितिलाई निम्त्याएको छैन । बरु हामी सबै मानव जातीले आआफ्ना देशका सरकारहरुले गरेका यस्ता लकडाउनलाई सफल बनाउन मद्दत गरे यो महामारी एकाध हप्ता वा केही महिनामा विश्वबाट नै हराउन सक्छ ।
आज हामी सूचना प्रविधिको युगमा छौँ । मोवाइल फोन हुने व्यक्तिहरुको संख्या दिनानुदिन बढ्दो छ । हावामा आफुले चाहेको जस्तो सूचनाको खानी नै छ । सामाजिक सञ्जालले गर्दा प्रत्येक व्यक्ति भौतिक रुपले एकांगी बन्दै गइरहेको छ । नयाँ नयाँ वैज्ञानिक आविश्कारहरुले गर्दा विश्व निकै सानो हुँदै गएकोे छ र प्रत्येक ठाउँ हाम्रो छिमेक भैmँ भइसकेको छ । एकै क्षणमा हामी विश्वको जुनैपनि कुनामा पुग्न सक्छौँ भने त्यहाँ स्थित मानवहरुलाई साथि बनाउन र तिनीहरुसँग अन्तत्र्रृmया समेत गर्न सक्ने भएका छौँ । विगत ५० वर्षमा सूचना प्रविधिले भयङ्कर ठुलो फड्को मारेकोले नै यो सब सम्भव भएको हो । तर विज्ञान तथा प्रविधिले आज हामीलाई जति पनि सुविधा दिएको छ, यो त सानो शुरुवात मात्र नै हो । आउँदा दिनहरुमा हुने अति चामत्कारिक आविश्कारहरुको त हामी आज कल्पना समेत गर्न सक्तैनौँ ।
चीनको वुहानमा शुरु भएको कोरोना भाइरसबाट उत्पन्न महामारी विश्व भर नै पैmलन थाले पछि केही दिन देखि नेपालमा पनि यसको भयले गर्दा मानिसहरु भिडभाडमा जान बिस्तारै कम गर्दै गएका थिए । शुरुमा यो कस्तो किसिमको भाइरस हो र यसले कस्तो महामारी निम्त्याउँछ भन्ने वारे खासै जानकारी नपाए पनि सरकार, डब्लुएचओ, विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्पmत अब धेरै नेपालीहरुले यो वारे यथेष्ट जानकारी हासिल गरिसकेका छन् र सतर्कता पनि अपनाउन थालिसकेका छन् । झनै केहि दिन अघि देखिको मुलुकभर जारी लकडाउनले गर्दा त एकाघरका परिवारजन मात्र घरमा बसेर यो महामारी विरुद्घका जानकारी विभिन्न विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्पmत लिने, सबै खाले सरसफाइमा ध्यान दिने, स्वघोषित क्वारेन्टाइनमा बस्ने, तथा इश्वरसँग पनि यो महामारी लम्बिन नदिन प्रार्थना गर्ने कार्य भइरहेको छ ।
निकटतम छिमेकी राष्ट्र भारतले आफ्नो भूभागमा विस्तारै पैmलिन शुरु भएको यो महामारीलाई काबुमा राख्न हालै तिन दिनको लकडाउन र त्यसको लगत्तै तिन हप्ता मुलुक बन्द गर्ने घोषणा गर्नुका साथै नयाँ औषधी र उपचार प्रणालीको अनुसन्धानलाई तिव्रता दिने र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको परिचालन र तिनलाई यो महामारीसँग लड्न आवश्यक तालिम प्रदान गर्ने कार्य युद्घस्तरमा शुरु गरेको छ भने अर्को छिमेकी राष्ट्र चीन, जहाँ कोरोनाको महामारी शुरु भएको भएपनि छोटो समयमा नै उसले यो डरलाग्दो भाइरसको प्रकोपलाई निकै हदसम्म नियन्त्रण गर्न सफल भएको छ । यस्तो अवस्थामा नेपालको भौगोलिक अवस्थिति यानी यी दुई विशाल तथा सवल राष्ट्रहरुको विचमा हुनु हाम्रो सौभाग्य नै ठान्नु पर्छ । तर यिनै छिमेकी राष्ट्रहरु भारत र चीन तथा अन्य राष्ट्रबाट केहि दिन अघिसम्म नेपाल भित्रिएका कैयन् व्यक्तिहरु मध्येका केही संक्रमित व्यक्तिहरुबाट भने यो भाइरसले धेरै जनामा सरेर भयावह स्थितिको रुप लिइदेला भन्ने नै ठुलो भय छ । त्यसैले पनि हाललाई केही हप्ता कै लागी भएपनि नेपालमा पनि पूर्ण लकडाउन गरेर संक्रमित व्यक्तिहरुको पहिचान र उपचार गर्नु अति आवश्यक छ ।
राजनैतिक वा अन्य कारणले लगाइएको कफ्र्यु, बन्द–हडताल वा विभिन्न प्रकारका महामारी वा प्राकृतिक प्रकोपका कारण गरिएका लकडाउन, आदिले मानिसलाई केहि समय घरको चारदिवारीमा नै सिमित गरिदिन्छ । यस्तो बेला अक्सर मानिसहरु बाहिर निस्कन नपाएर आत्तिने तथा अब के होला भनेर तर्सेर नै दिन बिताउने तथा अर्का थरि मानिसहरु भने जुवातास र रक्सी तथा अन्य तमाशका वस्तु सेवन गरेर बस्ने यो उपयुक्त समय हो भन्ने ठानेर सोही अनुरुप दिन बिताउँछन् ।
वास्तवमा यो यस्तो समय हो कि जुनबेला हामीले शारीरिक र घरायसी स्वच्छतामा विशेष ध्यान दिनुका साथै व्यायाम गरेर र पौस्टिक खाद्य वस्तुको सेवन गरेर शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई उच्च राख्नुपर्छ, न कि बरालिन नपाएर चिन्तित हुने र घर बाहिर बिना काम निस्किरहने, अस्वस्थकर खाना खाने, धुमपान र मद्यपान गर्ने तथा घरमा अनावश्यक कलह निम्त्याउने र वाद विवाद गरेर समय कटाउने । त्यस्तै घरमा कोही व्यक्ति अन्य रोगको कारण विरामी छन् वा घरमा बालबालिका र वरिष्ठ नागरिकहरु पनि छन् भने यस्ता व्यक्तिको हेरचाहमा यतिबेला विशेष ध्यान पु¥याउनु पर्छ । यस्तो समयमा यस्ता व्यक्तिहरुमा संक्रमण पनि सजिलै हुनसक्छ भने स्वास्थ्य बिगे्रर अस्पताल लग्नु पर्ने स्थिति आयो भने त्यहाँ पनि राम्रो सेवा पाउने सम्भावना कम हुन्छ ।
हामीले यस्ता महामारीका समयमा घरको विशेष सरसफाई गर्ने, पारिवारिक माहौलमा समय बिताउने, मिठा तथा स्वस्थकर परिकार बनाएर खाने, विभिन्न विषयमा घर सल्लाहहरु गर्ने, अरुबेलाको व्यस्तताले गर्दा गर्न नभ्याएका कामहरु सक्ने, लेखपढ गर्ने, व्यायाम तथा ध्यान गर्ने, आदी जस्ता रचनात्मक कामहरु गर्न सक्यौँ भने एकातिर समयको अधिक सदुपयोग हुन्छ र अर्को तर्पm यसरी घर बस्नु परेको वाध्यात्मक परिस्थितिबाट उत्पन्न हुने अनावश्यक तनाव र नरमाइलोपनबाट पनि हामी पार पाउन सक्छौँ ।
महामारी र लकडाउनका बेला नगरमा सफाई गर्ने कर्मचारीहरुको पनि कमी हुने भएकोले यस्तो बेला घर तथा टोलमा फोहर हुन नदिएर सफाईका कर्मचारीहरु घर घरमा नआउञ्ज्यालसम्म सकेसम्म फोहरमैला घरकै सुरक्षित स्थानमा जम्मा गरेर राख्नु उत्तम हुन्छ । बाहिर बेवारिसे रुपमा फ्याँक्दा छाडा गाईवस्तु र कुकुर बिरालाले खाना खान नपाएकाले त्यस्ता फोहरहरुमा खाना खोज्दा फोहर झनै यत्रतत्र फिँजिने र अन्य रोगका महामारी पैmलिने डर हुन्छ । नगरपालिका र गाउँपालिकाहरुको प्रभावकारिता र जनसेवा सम्बन्धि भावनाको परीक्षा लिने समय पनि यही बेला हो । तर हामीले के पनि बुझ्नुपर्छ भने त्यस्ता निकायमा काम गर्ने व्यक्तिहरु पनि हामी जस्तै नागरिक हुन् र तिनको पनि घर परिवार छ । त्यसैले उनिहरुको काममा सुरक्षित तवरले हातेमालो गरिदिने दायित्व प्रत्येक नागरिकको पनि हो यतिबेला ।
हामी त घरैमा बस्न पाएका छौँ । एकचोटी हामी यसो कल्पना गरौँ त, कति बालबालिका तथा अन्य व्यक्तिहरुको घर वा आफन्त कोही छैन र यस्तो महामारीको बेलामा पनि ती निरीह नागरिकहरु सडकमा नै बसिरहेका होलान् । त्यस्तै कति मानिसहरु कैयन् झ्यालखानाहरुमा कैदीका रुपमा कोचिएर बसिरहेका होलान् । उनिहरुका मनमा कस्ता विचार आउँछन् होला ? हाम्रो जस्तो गरिव मुलुकको आधारभुत सुविधा केहि नभएको जिर्ण जेल वा विकसित मुलुकका आधुनिक सुविधा सम्पन्न जेलमा केही फरक हुँदैन । यि दुवै प्रकारका कैदीगृहहरुमा मानिसले आफुले चाहेको जस्तो केही गर्न पाउँदैन । चरम अनुशासन र प्रशासनको निगरानीमा चौबिसै घण्टा जेलको छत मुनि अति सिमित अत्यावश्यकीय सरसामान मात्र राखेर बस्नु पर्ने र कुनै पनि अत्याधुनिक सञ्चार साधन विना समय कटाउनुपर्ने वाध्यात्कम एकल बसाईँ कस्तो हुन्छ होला भन्ने कौतुहलले मैले पनि युट्य्वमा केहि दिन अघि भारत, माडागास्कर, इजरायल र संयुक्त राज्य अमेरिका जस्ता राष्ट्रहरुको जेल वारेका डकुमेन्ट्री हेरेको थिएँ । निकै अकल्पनीय र डरलाग्दा बसाईँ । त्यसैले आफु बस्ने घर चाहे जति नै ठुलो वा सानो होस् त्यो आफ्नो घर हो, यानी सानो स्वर्ग । त्यसलाई राम्रो वा नराम्रो बनाउने परिवारजनले नै हो भन्ने कुरा मनमा राख्नु अति जरुरी छ ।
विभिन्न सामाजिक सञ्जाल र सञ्चारका अन्य केही साधनहरुबाट यो महामारी र यो लकडाउनको समयमा गर्नुपर्ने कार्यहरुको वारेमा सकारात्मक सरसल्लाह तथा नकारात्मक हौवा दुवै सम्प्रेशण भइरहेका छन् भने केही व्यक्तिहरुले यो महामारीको डर र त्रास अलि कम हुने गरी हँस्सी ठट्टाका कुराहरु पनि पठाउने गरेका छन् । हाँसो उठ्ने र विभिन्न मनोरञ्जनात्मक कुराहरु पढ्न र हेर्न पाउँदा त एकछिन् भएपनि आनन्दको अनुभूति नै हुन्छ तर नचाहिँदा हौवा र नकारात्मक कुराहरु मात्र सम्प्रेशण गर्नु भनेको यस्तो बेलामा एक प्रकारको भय सिर्जना गर्नु नै हो । यसले त्यसै पनि भ्रमित भइरहेको जनमानसमा अझ बढी डर जगाइदिन्छ ।
हिजो आज केही व्यक्तिहरुले सामाजिक सञ्जाल मार्पmत जनचासोका विषयहरुमा निकै घत लाग्दा कुराहरु प्रसार गरिरहेका छन् । हालै एकजना व्यक्तिले विद्यालयहरुलाई सुझाएर लेखेका थिए कि हाल कोरोनाको महामारीले गर्दा सम्पुर्ण मुलुक र विश्व नै लकडाउन भएर ठप्प भएको बेला बरु स्कुले नानीहरुलाई इमेल मार्पmत भएपनि सम्बन्धित विद्यालयहरुले यस्ता महामारी सम्बन्धि रोचक तथ्य, पठनपाठनका सामग्री र केही हलुका गृहकार्य दिए देखिन् उनिहरु घरमा बसेको बेला थोरै भएपनि ज्ञानगुनका कुराको मनन गरेर बस्ने थिए । त्यस्तै एकजना अर्का व्यक्तिको चिन्ता सडकका छाडा कुकुर, बिराला, गाईवस्तु र चराचुरुङ्गी प्रति थियो । उनको भनाई अनुसार यस्तो सबैजना घरघरमा बसेको बेलामा यस्ता जनावर र चराचुरुङ्गीले भोकभोकै कति दिन व्यतित गर्न सक्लान् ? त्यसैले यिनको निम्ति केहि खानेकुरा र पिउने पानी छुट्याएर राख्नु सबै बासिन्दाहरुको धर्म हो । अर्का व्यक्तिले दैनिक मजदुरी गरेर पेट पाल्ने व्यक्तिहरुको वारेमा लेखेका थिए । एक दिन होइन, दुई दिन होइन, निकै दिनसम्म बन्दाबन्दीमा बस्दा यस्ता व्यक्तिहरुले कसरी आफ्नो दैनिक उपभोग्य वस्तुहरु खरिद गरेर गुजारा चलाउन सक्लान् । यस्ता व्यक्तिको त तत्काल लगत तयार पारेर सबै तहका सरकारले राहत सामग्री नै वितरण गनुपर्छ र भविश्यको लागी पनि प्रत्येक वडा र इकाइहरुले यस्ता व्यक्तिहरुको लगत अद्यावधिक गरेर राख्नु पर्छ ।
दैवीप्रकोप र महामारीको बेलामा सरकारको मात्र मुख नताकेर समाजमा आफ्नो तर्पmबाट के कस्तो योगदान गर्न सकिन्छ, सो वारे पनि सोच्ने समय हो यो । यदी भोलिका दिनहरुमा यो महामारीले अझ डरलाग्दो रुप लिँदै गयो भने आफ्नो स्वास्थ्यको समेत ख्याल राखेर के कस्तो प्रकारले समाजका कमजोर वर्गहरुलाई हामीले सेवा र मद्दत गर्न सक्छौँ भन्ने कुराको लेखाजोखा गर्ने र तयारी अवस्थामा बस्ने समय हो यो ।
हालै मात्र हाम्रो संस्था “नेपाल एकल व्यक्तित्व समाज” ले राजधानीको एक व्यस्त बस बिसौनीमा करिव एक हजार व्यक्तिहरुलाई मास्क वितरण ग¥यो । विभिन्न कारणवश एकल जीवनयापन गर्न वाध्य भएका हाम्रो समाजका सदस्यहरुले यो महामारीको बेला आफ्नो समाजको तर्पmबाट गर्न सकिने अन्य सहयोग तथा मद्दत जारी राख्ने प्रण पनि त्यतिबेला गरेका थियौँ ।
मानव शरीरलाई आरामको निकै धेरै जरुरत पर्छ । त्यसैले पनि चौविस घण्टामा कमसेकम सात घण्टा सुत्ने सल्लाह स्वास्थ्यकर्मीहरु दिन्छन् । आजको भागदौडको जमानामा मनलाई काबुमा राख्न र स्वस्थ रहनको निम्ति ध्यान, कसरत र सन्तुलित भोजनको पनि त्यति नै आवश्यकता पर्छ । दैनिक पठन–लेखन र सकारात्मक सोचले समेत मानव जीवनमा एक प्रकारको खुशीयाली ल्याइ रहन ठुलो भूमिका खेल्दछन् । तर अक्सर मानिसहरु समयको व्यवस्थापन गर्न नजानेर जुनसुकै बेला पनि चिन्तित र दुखी भएर बसिरहेका हुन्छन् । यस्तो किसिमले घरमा बस्न वाध्य भएको परिस्थितिको अधिकतम फाइदा उठाएर “म केही दिन भित्रै अभैm स्फुर्त हुनेछु” भन्ने संकल्प मनमा लिएर सोही अनुरुप चल्न सके आजको यो कठिन भनिएको परिस्थितिले आउने दिनहरुमा अघि बढ्न झनै बढी उर्जा दिने थियो ।
८ लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।
२०७६ साल चैत्र १३ गते