परापुर्वकालदेखि नै हिमालय क्षेत्र आफ्नो हरियाली, सुन्दरता, शान्त वातावरण र स्वच्छ हावापानीले गर्दा इश्वर, ऋषिमुनी र मानवजातीको मात्र प्रिय बासस्थान बनेन, बरु विभिन्न खालका पशुपन्छीहरुको समेत घर बन्न पुग्यो । पौराणीक कालदेखिको इतिहास र धर्मग्रन्थहरुमा समेत हिमालयमा आएर भगवानहरुले बास गरेका कुराहरु उल्लेखित छन् । विभिन्न कालखण्डमा खासगरी भारतवर्षका विभिन्न ठाउँका राजाहरु युद्घमा पराजित भएपछि हिमालयको काखमा नै आएर आश्रय लिएका तथा यहीँ नयाँ राज्यको सिर्जना गरेका कुराहरु समेत इतिहासका पुस्तकहरुमा पढ्न पाइन्छ ।
अंग्रेजहरुले भारतमा राज गर्दा हिमालयका विभिन्न भागहरु समेत आफ्नो नक्शामा हाल्न सफल भए भने नेपालले समेत आफ्नो राज्यको पुर्वी र पश्चिमी दुवैतिरका हिमालय क्षेत्रहरुमा पर्ने भुभाग गुमाउनु प¥यो । भारतका रजौटाहरुलाई हराउन नेपालका प्रधानमन्त्री जङ्गबहादुरले गरेको मद्दतबाट खुशी भएको अंग्रेज सरकारले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जस्ता मैदानी क्षेत्र नेपाललाई फिर्ता ग¥यो तर हिमाली र पहाडी क्षेत्र फिर्ता गर्ने चेष्टा गरेन । बरु उस्ले यस्ता क्षेत्रहरुका धेरै ठाउँहरुमा गर्मीको समयमा गएर बस्ने हिलस्टेशनहरु बनायो ।
आज नेपाल जे जत्रो भएपनि हिमाली क्षेत्रको ठुलो भुभाग अहिले पनि हाम्रै राष्ट्रमा पर्छ र ८,००० मिटर भन्दा अग्ला विश्वकै १४ वटा हिमशिखरहरु मध्ये ८ वटा नेपालमा नै अवस्थित छन् । हाम्रो मुलुकका अधिकांश जनताहरु चरम गरिवीमा जिवनयापन गर्न वाध्य भइरहेका भएपनि र यहाँ विकासका पुर्वाधारहरु पनि निकै थोरै मात्र तयार भएका भएपनि नेपालको भ्रमण गरेर यसको प्राकृतिक सौन्दर्य र पुर्खाहरुले बनाइदिएका कलात्मक मठ–मन्दिर र दरवारहरु हेर्न विदेशीहरु निकै लालायित हुन्छन् ।
काठमाडौँ उपत्यकाको नै कुरा गर्ने हो भने पनि यो उपत्यकालाई आफ्नो हातमा पार्न परापुर्व कालदेखि नै विभिन्न राज्यका राजाहरुदेखि लिएर अङ्ग्रेजहरुले समेत धेरै चोटी प्रयास गरेका थिए । यहाँ विभिन्न समयमा शासन गर्ने शासक वर्गहरु जस्तै गोपाल, महिषपाल, लिच्छवी, मल्ल वा शाह वंशहरु सबै बाहिरियाहरु नै थिए । लिच्छवी र मल्ल वंशका राजाहरुले भने काठमाडौँमा कला र संस्कृतिको अमिट छाप नै छोडेर गए । आज काठमाडौँमा युनेस्कोले घोषणा गरेका सात वटा विश्व सम्पदा स्थलहरु छन् भने यहाँ प्रत्येक महिना भिन्दा भिन्दै प्रकारका जात्रा र चाड पर्वहरु मनाइन्छन् । मलिलो र हराभरा यस उपत्यकाले धेरै समयसम्म आफ्ना वासिन्दाहरुलाई चाहिने खाद्य पदार्थ आपैm उत्पादन गर्दथ्यो । तर आधुनिकिकरण र मुलुकको राजधानी समेत भएको कारणले काठमाडौँको जनसंख्या हेर्दा हेर्दै यस्तोसँग बढ्न थाल्यो कि आज यहाँ ६० लाख जति मानिसहरु बस्छन् भने तिनका लागी चाहिने घर, सवारीका साधन, बाटाघाटा, स्कुल, कलेज, कार्यालयहरु, कलकारखाना, पसल, शपिङमल, मनोरञ्जन र खानपिनका स्थलहरु आदी इत्यादीले गर्दा ६६५ वर्ग किलोमिटरको काठमाडौँ उपत्यका मात्र होइन, यो उपत्यकाका नजिकका बस्ती र शहरहरु समेत यसैमा समाहित भएर खचाखच भरिँदै गइरहेका छन् । बढ्दो जनघनत्व, लखौँको संख्यामा चल्ने अव्यवस्थित यातायातका साधन र यिनले गर्ने प्रदुषण र धुले सडकहरुका कारण काठमाडौँको वातावरण सँधै जस्तो धुमिल हुनुका साथै यहाँका नदीनालाहरु अति नै प्रदुषित र दुर्गन्धित भएका छन् भने, यहाँ पानीको हाहाकार मच्चिनुका साथै तापक्रममा पनि बढोत्तरी हुँदै गएको छ । उपत्यकाको हरियालीमा दिनानुदिन कमी आउँदै गएको छ र यहाँको मौषमी वातावरण नै बदलिँदै गएको छ । केही समय अघिसम्म ठण्डी हावाको बाहुल्यता भएको यो उपत्यकामा आजकल गर्मी निकै बढेको छ भने पंखा समेत नचाहिने ठाउँहरुलाई वातानुकुलित गर्नुपर्ने परिस्थिति आइसकेको छ । आजकल त काठमाडौँमा तराईमा भैmँ लिच्ची र आँप समेत फल्ने भइसके हावामा गर्मी बढेसँगै ।
हिमाली क्षेत्रमा प्रकृतिले मनसुनको बेला वंगालको खाडीबाट पानीका भयङ्कर वाफहरु उडाएर प्रचुर मात्रामा हिउँ र पानी पार्ने तथा हिमालमा रगडिँदै चिसो हावाको प्रवाह चारैतिरका हरिया फाँट तथा उपत्यकाहरुमा पु¥याउने हुँदा हिमालको काखमा अवस्थित भुभागहरुको मौषमलाई सर्वोत्कृष्ठ मानिँदै आएको छ । तर कप वा वाउलको आकारको काठमाडौँ उपत्यकालाई सफा र स्वच्छ राख्न हावाको सानो झोँकाले कतई पुग्दैन । काठ्माडौँको धुलो, धुवाँ र उष्ण तापक्रमलाई कम गर्न झरीको समयमा यानी आसाढ–श्रावण महिनामा अविरल वर्षा भएपछि मात्र केही दिनको लागी ठण्डी महसुस हुन्छ र यहाँका खोलानालामा अरुबेला भन्दा सफा र धेरै पानी बग्छन् र आकाश र वातावरण पनि स्वच्छ देखिन्छ । त्यस्तै चैत्रको ठुलै हुरी वतास यानी चैते हुरीको बलियो झोँका काठ्माडौँ हुँदै पश्चिमबाट पुर्वी दिशातिर केही चोटी हुईँकिए पछि भने काठमाडौँ निकै हदसम्म छ्याङ्ग हुन्छ । अनि मात्र हिमाल र निलो आकाश देखिने तथा नयाँ वर्ष लाग्न थालेको आभाष हुन थाल्छ काठ्माडौँवासीहरुलाई ।
हुरी–वतास चल्ने यो समयतिर आगजनीका घटनाहरु पनि निकै घट्छन् । तराई तथा समथर इलाकामा त हुरी–वतासका कारण विजुलीका लट्ठाहरु नै ठाउँ ठाउँमा ढलेर तारहरु छर्पस्ट भइदिन्छन् र निकै दिनसम्म विना बिजुली जिवनयापन गर्नुपर्ने हुन्छ । त्यस्तै घरका छानाहरु नै उडाइदिने, सुकाउन राखेका कपडाहरु हराउने तथा विभिन्न प्रकारका दुर्घटनाहरु समेत हुनसक्छन् । अविरल वर्षाले पनि एकातिर पानी नपाएर छट्पटिएका सुख्खा क्षेत्रहरुलाई सिँचेर हराभरा बनाउन मद्दत गर्छ भने अर्को तर्पm कैयन् ठाउँहरुमा बाढी तथा पहिरोका कारण जनजीवन र मुलुकको अर्थतन्त्र नै निकै प्रभावित हुन पुग्छ । त्यसैले अक्सर वर्षा हुने र हुरी–वतास चल्ने बेलाहरु भन्दा पहिले देखि नै सम्भावित दुर्घटना हुन नदिन सबै किसिमका तयारीहरु व्यक्तिगत र सामुदायिक स्तरमा नै हुनु नितान्त जरुरी छ ।
तर यसपाली, विगत दुई हप्तादेखिको कोरोना लकडाउनले गर्दा काठ्माडौँ मात्र नभई पुरै मुलुक र अभैm भन्नै पर्दा पुरै भारतवर्षमा नै यातायातका साधन नगण्य चलेको र वायु प्रदुषण हुने कुनै पनि प्रकारका त्रृmयाकलाप हुन नपाएको कारणले गर्दा सायद दशकौँ पछि यो क्षेत्रको वातावरण नै स्वच्छ हुन पुगेको छ होला । लकडाउनको कारण पर्यावरणमा सकारात्मक सुधार हुनु भनेको एउटा आपतकालिन वन्दोवस्तीको अवस्था मात्र भएकोले र यो नितान्त अस्थायी उपाय मात्र भएकोले यसबाट स्थाई समाधान निस्कने कुनै आधार छैन । बरु यो लकडाउनले ल्याएको वातावरणीय सुधारबाट केही कुरा सिकेर भविश्यको लागी केही नयाँ उपायहरु अवलम्बन गर्न सके सिंगै समाजले केही हदसम्म राहत महसुस गर्न पाउने थियो भने काठमाडौँवासीहरुले पनि भानुभक्तको “अलकापुरी कान्तिपुरी नगरी” को धुन गुन्गुनाउँदै मुसुक्क हाँस्न पाउने थिए ।
८ लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।