नेपाल भ्रमण वर्ष केही समय पछि सार्ने की ?

सन् १९५० मा राणाशासनको अन्त र प्रजातन्त्रको उदय भएपश्चात बाहिरी दुनियाको लागि खुला भएको नेपालमा विदेशीहरुको आगमन विभिन्न कारणले गर्दा शुरु भएको हो । राणाशासनको समयमा काठमाडौँस्थित आफ्नो रेजिडेन्सीमा काम गर्ने बेलायती कर्मचारी र बेला बेलामा तत्कालिन शासकहरुले शिकारमा निम्त्याउने केहि पाहुनाहरु तथा शिवरात्रीमा पशुपतीनाथको मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु र केही वौद्घ भिक्षुहरु वाहेक अन्य बिदेशीहरुलाई नेपाल बन्द जस्तै थियो । आफ्नै देशका जनतालाई समेत राजधानी भित्र र बाहिर ओहोर दोहोर गर्न पनि सरकारी स्विकृती लिनु पर्दथ्यो । प्रजातन्त्रको स्थापना लगत्तै बेलायत वाहेक भारतीय नियोगको कार्यालय पनि नेपालमा खडा भयो भने विस्तारै अन्य मुलुकका दुतावासहरु तथा विकास नियोगहरु र संयुक्तराष्ट्र संघको कार्यालय पनि नेपालमा स्थापना भयो । सन् १९५० मा डा. टोनी हेगनले स्वीस सरकारको प्रतिनिधीको रुपमा नेपाल आएर मुलुकभर करिव १४,००० किलोमिटर पैदलयात्रा गरे अनि नेपाल वारेको सचित्र पुस्तक प्रकाशित गरे । १९५५ मा संयुक्त राष्ट्र संघको कार्यालय खुलेपछि पनि उनले यसै संस्था मार्पmत नेपालमा निकै समय काम गरे । त्यस्तै सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि विश्वमा नेपालले ठुलै परिचय पायो । टोनी हेगनको पुस्तकमा छापिएका चित्रहरु र सगरमाथाको प्रथम आरोहणको खवरले बिदेशीहरु निकै मोहित भएर त्यतिबेला नेपाल आउन थालेका हुन् जुनबेला नेपालमा पर्यटकहरुलाई आवश्यक पर्ने पुर्वाधार समेत नगण्य मात्रामा उपलब्ध थियो । सन् १९५४ मा वोरिस लिस्सानेभिचले रोयल होटलको शुरुवात काठमाडौँको कान्तिपथमा गरेपछि नेपालमा पर्यटनको पुर्वाधार तयार हुने क्रमको थालनी भयो । तत्पश्चात नेपाललाई माया गर्ने कैयन विदेशीहरुले निकैपटक नेपाल भ्रमण गरेर नेपाल वारेका धेरै सचित्र पुस्तकहरु प्रकाशन गरे, जसबाट नेपालको धेरै प्रचार प्रसार भयो विश्वमा ।

आज मुलुकमा ठुलासाना गरी सयौँ स्तरीय होटल र हजारौँ खानपिनका रेष्टुरेण्टहरु, दर्जनो विमानसेवा प्रदायक कम्पनी र हजारौँको संख्यामा ट्राभल–ट्रेकिङ एजेन्सीहरु छन् । त्यस्तै पर्यटन व्यवसाय सम्बन्धि औपचारिक शिक्षा लिएका व्यवसायीहरुको संख्या पनि निकै बढेको छ भने यस्तो किसिमका जनशक्ति उत्पादन गर्ने राम्रा शिक्षण संस्थाको पनि नेपालमा कमी छैन । मुलुक आज निकै हदसम्म राजनैतिक र सामाजिक रुपमा शान्त पनि भएको छ र तिनै तहका निर्वाचित सरकारहरु आ–आफ्ना ठाउँमा त्रृmयाशिल छन् । यस्तै कारणहरुले गर्दा नेपालमा पर्यटकहरुको आगमन पनि प्रत्येक वर्ष बढ्दै गएको छ ।

पर्यटकहरु नेपालमा खासगरी यहाँका हिमाल, पहाड र तराईका रमणीय दृश्यहरु र यहाँका ऐतिहासिक र सांस्कृतिक धरोहरहरुको अवलोकन गर्न आउँछन् भने धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि र बिदा मनाउन नेपाल भ्रमण गर्नेहरुको संख्या पनि बढ्दो छ । हालै प्रकाशित पर्यटन सम्बन्धि तथ्यांक अनुसार गत वर्ष नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या ११ लाख ७३ हजार पुगेको छ भने क्रमशः भारत, चीन र अमेरिकाका पर्यटकहरु सबैभन्दा बढी आउने गरेका छन् । यो तथ्यांकको आधारमा औसतन मासिक ९५,००० जति पर्यटकहरु नेपाल भित्रन्छन् र अधिकांश हवाईमार्गबाट नेपाल आउँछन् । तर सिजनको आधारमा यो मासिक संख्यामा ठुलै उतार चढाउ हुने गरेको छ । उनिहरुको औसत बसाई करिव १२ दिनको रहने गरेको छ र उनिहरु औषतन दिनको करिव ४५ डलर खर्च गर्दछन् ।

कुनै पनि देशमा भ्रमण वर्ष मनाउनुको मुख्य उद्देश्य नयाँ नयाँ पर्यटकीय गन्तव्य तथा क्रियाकलापहरु थपेर ज्यादा से ज्यादा पर्यटकहरु भित्राउनु र उनिहरुको बसाई लम्ब्याउनुका साथै उनिहरुले विभिन्न त्रृmयाकलाप जस्तै घुमफिर, अवलोकन, खानपिन, किनमेल र मनोरञ्जन आदीमा अधिकतम खर्च गरुन् भन्ने नै हो । यसो भएमा सन्तुष्ट पर्यटकहरु वारम्वार नेपाल भ्रमणमा आइरहन्छन् र उनिहरुले अरुलाई पनि नेपाल वारे सकारात्मक सन्देश दिन्छन् । यसरी पर्यटन क्षेत्रबाट मुलुकले अझ बदी आय आर्जन गर्न सक्ने छ ।

सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाइएको थियो ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ भने त्यसै वर्ष नेपाल पर्यटन वोर्डको समेत स्थापना भएको थियो । यस अघि पर्यटन प्रचार प्रसार तथा यो सम्बन्धि अन्य काम पर्यटन विभागले आपैm गर्ने गर्दथ्यो । भ्रमण वर्षको तयारी स्वरुप त्यतिबेला पर्यटकीय महत्वका क्षेत्रहरुसम्म पुग्ने सडकहरुको केहि सुधार गर्नुका साथै नेपालमा सेवा पु¥याउने अन्तर्राष्ट्रिय वायुसेवाहरुको संख्या बढाउन समेत पहलकदमी भएको थियो । त्यस्तै सन् २०११ लाई पनि त्यतिबेला पर्यटन वर्षको रुपमा मनाउने र १० लाख पर्यटक भित्राउने योजना थियो । सो वर्ष ७ लाख ३६ हजार पर्यटकहरु नेपाल आएको तथ्यांक छ । वास्तवमा यसरी भ्रमण वर्ष मनाउने भनेर सोही अनुरुपको यथेष्ट पुर्व तयारी नेपालमा कहिल्यै पनि भएको पाइँदैन । वोर्ड र सम्बन्धित सरकारी पदाधिकारीहरु प्रचार प्रसारको निहुमा विभिन्न देशहरुको भ्रमण गर्ने र केही पोस्टर र पुस्तक छपाउने तथा सभा सेमिनारहरु आयोजना गर्ने वाहेक पर्यटकको भ्रमण कसरी फलदायी बनाउने भन्ने वारे खासै काम भएको पाइँदैन । यसो भनेर पर्यटन वोर्ड वा पर्यटन मन्त्रालयले गरेका राम्रा कार्यहरुलाई कम आँक्न खोजेको भने कदापि होइन ।
भ्रमण वर्ष कार्यक्रम शुरु हुन छ महिना मात्र बाँकी हुँदा सम्म समेत विमानस्थलमा अध्यागमन काउण्टरको कम्प्युटर बिगे्रर र कर्मचारी नभएर यात्रुहरु कुरेर घण्टौँ बस्नु पर्ने, सामान नआइपुग्ने वा व्याग नै फोरेर सामान चोरी हुने, विमानस्थल बाहिर यातायात र अन्य कुराका झमेलाहरु भोग्नु पर्ने जस्ता सामान्य समस्याहरु पनि समाधान हुन नसक्नु निकै चिन्ताको विषय हो । साजसज्जामा करोडौँ खर्च गरेर वुटिक विमानस्थल बनाएर मात्र विमानस्थलको सुधार हुन सक्तैन जबसम्म त्यहाँ काम गर्ने कर्मचारीहरु चुस्त, स्फुर्त र इमान्दार हुँदैनन् । भारत सरकारले समेत आफुले नसकेर दिल्ली लगायत कैयन् विमानस्थल सञ्चालनको जिम्मा नीजि क्षेत्रलाई दिएको छ । यो वारे हामीले पनि सोच्ने वेला आइसकेको छ ।
कुनै पनि कुराको गृहकार्य गर्ने हाम्रो आदत नै नभएकोले विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुमा समेत हामी आफ्नो विचार र अडान राख्न चुक्छौँ । हामीले धेरै टाढा जानु नै पर्दैन, थाइल्याण्ड र मलेशियामा बेला बेलामा अयोजना हुने भ्रमण वर्षका तयारीहरुको जानकारी लिए मात्र पनि पुग्छ ।

निकट भविश्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीका साथै भैरहवा र पोखराका दुई नयाँ क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुनेछ । विभिन्न ठाउँहरुमा केवलकार सेवा पु¥याउन निर्माण कार्य भइरहेको छ भने नेपाल भ्रमण वर्ष र क्षेत्रिय विमानस्थलहरुको निर्माण सम्पन्न हुने समयलाई ध्यानमा राखी केहि नेपाली विमानसेवाहरुले आफ्नो जहाज संख्या, सेवाको स्तर र गन्तव्य बढाउने कार्य पनि गरी नै रहेका छन् ।
सातै वटा प्रान्तहरुमा पर्यटनका नयाँ नयाँ सम्भावनाहरु पहिचान गर्दै तिनको निर्माण कार्य भइरहेका छन् । भ्यूटावर देखि निकुञ्ज र सिमसार क्षेत्र तथा पार्क र धार्मिक–सांस्कृतिक महत्वका ठाउँहरुमा पुगिने बाटाघाटा र संरचना अनि साहसिक पर्यटनका पुर्वाधारहरुको निर्माण हुने क्रम जारी छ । मुलुकका विभिन्न नयाँ–पुराना शहरहरुमा सडक सुधार, बस पार्क तथा पुर्वाधार निर्माण, पार्क तथा खेलकुदका संरचनाको विकास र ठुला–साना होटलहरु बन्ने क्रम जारी छ भने गाउँघरहरुमा पनि होमस्टेको अवधारणाले गति लिइरहेको छ । एकाध वर्षमा यस्ता धेरै परियोजनाहरु धमाधम सम्पन्न हुने सम्भावनाहरु देखिन्छन् भने यस्ता बन्दोबस्तीका कामहरुबाट निकट भविश्यमा विदेशी र आन्तरिक दुवै प्रकारका पर्यटकहरुलाई फाइदा पुग्ने देखिन्छ ।
काठमाडौँ उपत्यकाका पर्यटनका हिसाबले अति महत्वपुर्ण सडकहरु जस्तै कलंकी–नागढुंगा, सातदोवाटो–गोदावरी, भक्तपुर–नगरकोट, भक्तपुर–चाँगुनारायण, किर्तिपुर–दक्षिणकाली, गौशाला–पशुपतीनाथ–गुह्येश्वरी–जोरपाटी, चावहिल–वौद्घ–साँखु, जोरपाटी–सुन्दरीजल, बालाजु–ककनी तथा अधिकांश शहरी सडकहरु चरम दुरावस्थामा छन् भने धुवाँ र धुलोले यी कुनै पनि ठाउँहरुमा गइनसक्नु छ । त्यस्तै उपत्यका बाहिरका हाल भइरहेका राजमार्गहरु पनि जिर्ण अवस्थामा छन् र मर्मत÷स्तरोन्नती भइरहेका ककनी–नुवाकोट, गल्छी–नुवाकोट–धुन्चे–स्याफ्रुवेसी, बाह्रबिसे–कोदारी, लामोसाँघु–जिरी, पोखरा–वागलुङ, वुटवल–पाल्पा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा जान बनाइएका कच्ची सडक पनि यात्रायोग्य छैनन् ।
सन् २०१५ को महाभुकम्पले ध्वस्त पारेका ऐतिहासिक धरोहरहरु जस्तै धरहरा, रानीपोखरी, काष्ठमण्डप, उपत्यकाका तिनै जिल्लाका दरवार क्षेत्रहरु, स्वयम्भूनाथ परिसर, राष्ट्रिय संग्रहालय, पुस्तकालयहरु, सिंहदरवार, गोरखा दरवार, नुवाकोट दरवार, तलेजु भवानी, चाँगुनारायण परिसर तथा बज्रयोगिनीका मन्दिर परिसर र अन्य धेरै महत्वपुर्ण मठ–मन्दिरहरु अभैm पनि बनिनसकेको अवस्थामा हामीले पर्यटकहरुलाई के देखाउन खोजेका छौँ खै कुन्नी । के हामीले नेपाल भ्रमण वर्षको दौरान आउने विभिन्न जात्रा, चाडपर्व, नाचगान आदीलाई पनि विशेष रुपमा प्रस्तुत गर्न मद्दत गरेर पर्यटकहरुलाई यथेष्ट मनोरञ्जन दिन कुनै कार्य थालेका छौँ त ?
हालैका विमान दुर्घटनाहरु र नेपाली विमानहरु असुरक्षित भन्दै आइकावले मान्यता नदिइरहेको अवस्था र झनै मुलुकको पर्यटन मन्त्री र नागरिक उड्डयनका उच्च पदाधिकारीहरु नै विमान दुर्घटनामा परेका खवरले नेपालको हवाई सुरक्षामा ठुलो प्रश्न चिन्ह खडा गरेको छ । त्यसैले छिटो से छिटो हवाई सुरक्षा व्यवस्थामा व्यापक सुधार ल्याएर हाम्रो हवाई सुरक्षा प्रणाली सुरक्षित रहेको प्रमाणीत गर्न सम्बन्धित निकायहरुलाई सुरक्षा अडिट गर्न निम्त्याउनु आजको आवश्यकता हो । यसो भएमा हाम्रा विमानसेवाहरुले धेरै मुलुकहरुमा सेवा विस्तार गर्न सक्ने थिए र त्यहाँका पर्यटकहरु पनि आकर्षित हुने थिए ।
नेपाल भ्रमण वर्षलाई हाम्रा अति विशेष नगदेवालीहरु जस्तै चिया, कफी, अदुवा, अलैची, अल्लो, जडीबुटी, अनाज, मह, स्याउ, तथा अन्य अर्गानिक खाद्य पदार्थहरुको अन्तर्राष्ट्रिय प्रवर्धनको सम्वाहकको रुपमा मनाउन पाए यी वस्तुहरुले विकसित मुलुकहरुमा सिधा पहुँच पाएर हाम्रा लाखौँ किसान र लघु तथा साना उद्यमीहरु लाभान्वित हुने थिए की । पर्यटनका साथ साथै हाम्रा खास कृषि उत्पादनहरुको प्रवद्र्घन विश्वमा एकसाथ हुँदा दिगो बजारको पहिचान भएर मुलुकलाई आर्थिक रुपले निकै फाइदा पुग्ने थियो ।

यसरी साना ठुला गरी निकै कुराहरुको तयारीको खाँचो भइरहेको परिवेशमा हतार हतार नेपाल भ्रमण वर्ष सन् २०२० आयोजना गर्नु भन्दा आउँदा साढे दुई वर्ष निर्माणाधिन पुर्वाधारहरु सम्पन्न गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान र विकास गर्न दिलोज्यानका साथ समय खर्चेर सम्पुर्ण तयारी पुरा भएपछि मात्र सन् २०२२ मा नेपाल भ्रमण वर्ष आयोजना गरे मुलुकको इज्जतमा व्यापक अभिवृद्घि हुनुका साथै भ्रमण वर्षको उद्देश्य समेत पुरा हुने थियो होला । प्रभावकारी रुपमा प्रचार प्रसार गर्न समेत पनि निकै समय लाग्छ नी । वरु सन् २०२० र २०२१ लाई नेपाल भ्रमण वर्षका प्रारम्भिक वर्षहरुको रुपमा मनाए पनि भयो नि त ।

यदि हतार हतारमा नै विना तयारी भ्रमण वर्ष आयोजना गर्ने हो भने नेपाल आउने पर्यटकहरुले विमानस्थल र नेपाली सिमानाका प्रवेशद्वारहरु देखि नै अस्तव्यस्त वातावरण र झमेलाको सामना गर्नुका साथै जताततै फोहरका डंगुर, धुलो, धुवाँ र भिडभाड तथा भत्केका संरचना हेर्ने वाहेक भ्रमणको कुनै मज्जा लिन पाउने देखिँदैन । हालै केही पर्यटकहरुसँग कुराकानी गर्दा पनि उनिहरुको यस्तै नकारात्क प्रतिकृयाहरु सुन्नमा आएको थियो । उनिहरु भन्छन् की “यति सुन्दर, ऐतिहासिक र संस्कृतिको धनी देश तथा निकै सरल र शुसंस्कृत मानिसहरु बस्ने नेपालमा किन यस्तो फोहर, धुवाँ, धुलो र बसिनसक्नुको प्रदुषणयुक्त वातावरण छ र जताततै किन अव्यवस्था छाएको छ” भनेर । यस्तो स्थितिमा विश्वलाई नेपालवारे कस्तो सन्देश जाला । नेपाल राष्ट्र, सरकार र जनता कै गौरव झल्काउन मद्दत पु¥याउने यस्ता महत्वपुर्ण महोत्सवहरु भरपुर तयारी विना आयोजना गर्दा विश्वमा निकै नकारात्मक सन्देश जानसक्छ । त्यसैले माथि उल्लेखित सम्पुर्ण स्थितिहरुलाई एकाध वर्ष भित्र युद्घस्तरमा सम्बोधन गरेर मात्र सन् २०२२ लाई नेपाल भ्रमण वर्षका रुपमा भव्य रुपमा मनाउन पाए यसले कोरेका उद्देश्यहरु सफलतापुर्वक प्राप्त गर्न सकिने थियोे ।

लेखक पुर्व बैंकर र विकास अर्थशास्त्री हुन् ।