चीनमा सन् १९५८–१९६० को “द गे्रट लिप फर्वार्ड” नामक आर्थिक–सामाजिक अभियान मार्पmत मुलुकको कायापलट गर्ने अध्यक्ष माओत्से तुङ तथा चिनीया कम्युनिष्ट पार्टीको सोच र सपना असफल भएपछि त्यहाँ करोडौँ मानिसको ज्यान जाने गरी अनिकाल लागेको थियो । सन् १९६० को पुर्वार्धमा माओको प्रभाव पार्टीमा घट्दै गएपछि उनले सन् १९६६ मा सांस्कृतिक क्रान्तिको घोषणा गरेर युवा तथा विद्यार्थीहरुको वलमा तथाकथित पुनरुत्थानवादीहरुलाई तह लगाउने भन्दै मुलुकबाट पुरातन विचार, संस्कृति, संस्कार र चालचलन निमिट्यान्न गर्ने उद्घोष गरे । यो सँगै उनका रेड गार्डहरु गाउँ गाउँमा पुगेर उनको विचारसँग असहमत व्यक्तिहरुलाई तह लगाउँदै विद्यालय, मठ–मन्दिर, चर्चहरु, धार्मिक र सांस्कृतिक केन्द्रहरु बन्द गरिदिएर धर्म र संस्कृति माथि धावा बोल्न थाले भने मुलुकभरका लाखौँ ऐतिहासिक धरोहरहरु नष्ट गरिए अनि झण्डै चार लाख मानिसहरु मारिए पनि । यस अवधिमा चीनले निकै ठुलो नोक्सानी व्यहोर्नु प¥यो । यही घटना पश्चात चीनमा माओ कै पत्नी च्याङ चीङको नेतृत्वमा ग्याङ अफ फोर बन्यो र विस्तारै ढल्कँदो उमेर सँगै अध्यक्ष माओको सबै शक्ति यीनै ग्याङ अफ फोरको हातमा पुग्यो ।
आफ्नो शक्ति कायम राख्न अध्यक्ष माओले युवा तथा विद्यार्थीहरुको परिचालन यसरी गरेको भएता पनि उनको समग्र योगदानले चीनको सर्वोपरी विकासमा अझपनि निकै महत्व राख्छ । त्यसैले आज पनि उनलाई पुज्न चिनिया जनताले छाडेका छैनन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनको खासगरी शुरुका दिनहरुमा समाजमा साँच्चै नै एक प्रकारको व्यावहारिक तथा सकारात्मक परिवर्तनहरु ल्याउने सोचहरुको विकास भएको र आजसम्म आइपुग्दा समेत कम्युनिष्ट आन्दोलन कै कारण धेरै किसिमका सकारात्मक सामाजिक परिवर्तनहरु समाजमा भएका भएता पनि बेला बेलामा कैयन् प्रभावकारी कम्युनिष्ट नेताहरुका अभिव्यक्ति र उनकै सरकारहरुका खासगरी धर्म, संस्कृति र विभिन्न समुदायहरु तथा नागरिकता सम्बन्धि विवादास्पद अभिव्यक्ति तथा निर्णयहरुले गर्दा उनिहरुको मस्तिष्कमा चीनको सांस्कृतिक क्रान्तिले कसरी जरा गाडेर बसेको रहेछ भन्ने कुरा स्पष्ठ हुन्छ । विभिन्न पार्टीका कैयन् नेताहरुले आमा–बुवाका तेह्र दिने त्रृmयाकर्म वा श्राद्घ नगरेर आफुलाई क्रान्तिकारी र आधुनिक विचारधाराका व्यक्ति भएको सावित गर्ने, आफ्ना मौलिक धर्म र संस्कृति नमान्ने र यसलाई निमिट्यान्न पार्न विभिन्न कानुन र नियम बनाउने, घरको धर्म र संस्कृति ध्वस्त पार्न बाहिरकालाई अदृश्य तवरले प्रोत्साहित गर्ने, धर्म परिवर्तन गर्न खुलेका संस्थाहरुलाई खुलेआम काम गर्न दिने, परिवारमा शदियौँ देखि चलिआएका मूल्य र मान्यताहरु नयाँ पिँढीलाई मान्य नहुने अवस्थाको सिर्जना गरेर परिवारलाई विभाजनको संघारमा पु¥याउने तर अकुत धन चाहीँ जसरी भएपनि अधिकतम रुपमा कमाएरै छाड्ने र इमान्दार राजनीतिक सहयात्रीहरुलाई भने कट्टरपन्थीको संज्ञा दिएर आफ्नो समुदायबाट अलग गर्ने वा एक्लो बनाउने कार्यहरु देख्दा निकै अचम्म लाग्दछ ।
यस्ता अधिकांश नवधनाढ्य कुवेर कम्युनिष्ट तथा प्रजातन्त्रवादीहरु स्वयम्ले कम्युनिष्ट र समाजवादी दर्शन राम्ररी बुझेका छैनन् र बुझ्न पनि सक्दैनन् । कार्ल माक्र्सको “दास क्यापिटर” एउटा यस्तो विस्तृत आर्थिक दस्तावेज हो जुन अर्थशास्त्रका धुरन्धर विद्यार्थीलाई समेत राम्ररी बुझ्न निकै हम्मे पर्छ । पुँजीवादी आर्थिक व्यवस्थालाई समेत आजको अवस्थासम्म परिमार्जित गर्न उक्त दास क्यापिटलको ठुलो भूमिका रहेको छ । तर अधिकांश नेपाली कम्युनिस्ट तथा समाजवादीहरुले विश्वमा भएका कम्युनिष्ट आन्दोलनबाट सिकेको मुल मन्त्र नै आफ्नो मुलुकको धर्म–संस्कृति र सामाजिक स्वरुप कसरी ध्वस्त पार्ने र यस कार्यमा युवा र विद्यार्थीको सहयोग लिन उनिहरुलाई कसरी उपयोग गर्ने भन्ने नै रह्यो । नेपालमा कैयन् आन्दोलनहरु भए, ती सबै युवा तथा विद्यार्थीहरु कै भूमिका र सहयोगबाट सफल भए, तर बदलिँदो परिस्थितिबाट नेता र उनका आसेपासे वाहेक अरु कोही लाभान्वित हुन सकेनन् ।
आज दुई तिहाईको कम्युनिष्ट सरकार हुँदा पनि मुलुकका सबै पक्षको हितका लागि गर्न सकिने र नगरी नहुने कैयन् समाजवादी कदमहरुलाई थाती राखेर सरकार गुठीको जग्गा राष्ट्रियकरण गरेर क्रान्तिकारी बन्ने प्रयासमा लागि परेको छ । भूमिसुधारका कार्यक्रमहरु ल्याएर अत्यधिक जमिन ओगटेर बसेका निस्कृय जमिनदारहरुबाट जमिन फिर्ता लिने, साना साना हिस्सामा बाँडिएका जमिनहरुलाई एकिकृत गरेर आधुनिक तवरको सामुदायिक कृषि प्रणालीमा जान विपन्न कृषकहरुलाई सहयोग गर्ने, कृषि बजार र सामग्रीको जोहो र विकास गर्ने जस्ता आधुनिक क्रान्तिकारी कदमहरु चालेको खै सरकारले ?
विक्रम सम्वत ५०० तिर देखि आजको नेपाल भएको ठाउँमा अवस्थित विभिन्न राज्यका शासकहरु तथा धर्मभिरु धनाढ्यहरुद्घारा पुजा–आजा तथा धर्म–संस्कृतिको रक्षाको लागि स्थापित गुठीहरुको जग्गा हाल आएर राष्ट्रियकरण गर्नुभन्दा यस्ता जग्गाहरुको सम्वर्धन गरि यस्ता जग्गाहरुबाट हुने आम्दानीलाई धर्म, संस्कृति र समाज कल्याणका कार्यहरुमा गुठियारहरु मार्पmत नै कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भनेर सरकारले सोच्नुपर्ने र विस्तृत अन्र्तत्रृmया गर्नुपर्ने होइन र ?
नेपालमा हुने गरेका विभिन्न जात्राहरु, धार्मिक त्रृmयाकलापहरुको अवलोकन गर्न समेत पर्यटकहरु यहाँ आउने गर्दछन् । जापान, ताइवान, चीन, भारत, थाइल्याण्ड, मलेशिया, म्यानमार आदी देशहरुमा पनि कैयन् प्रकारका जात्रा तथा पर्वहरु मनाइन्छन् र तिनीहरुलाई भव्य रुपमा मनाउन त्यहाँका सरकार र गुठीहरु सबैको ठुलो भूमिका रहेको हुन्छ । नेपालमा विगत दुई शताव्दीमा डेढ दर्जन भन्दा बढी ठुला भूकम्पहरु गइसकेका छन् । ती अधिकांश घटना पश्चात राहत र पुनर्निमाणमा समेत गुठीहरुको ठुलो योगदान रहेको छ । गुठी भनेको जग्गा वा रकम मात्र नभई एउटा अनुशाषित समुदाय हो भन्ने हामीले बुझ्नुपर्छ ।
केहि दिन यतादेखि मुलुकमा सरकारको हालैको गुठीसम्बन्धि नीतिका कारण निकै ठुलो हंगामा मच्चिइरहेको छ भने सरकारको आफ्नै पार्टी भित्र समेत मतभेद देखिएपछि प्रधानमन्त्रीबाट भर्खरै मात्र सो प्रस्ताव बदर गरेको घोषणा भएको छ, जुन स्वागतयोग्य छ तर आम जनता त्यस्ता प्रस्ताव खारेज नै हुनुपर्ने अडानमा छन् ताकी केही समय पछि यो फेरी नव्यँुतियोस् । अब आज आएर जब गुठी बारे यति धेरै वहस भइसकेको छ भने सरकारले गुठीको जग्गाको लगत समेत पुनरावलोकन गरेर जग्गा हडप्ने गिरोहलाई कडा से कडा कार्वाही गरी गुठीको जग्गा सम्बन्धित गुठी कै अधिनमा ल्याई यी गुठीको आम्दानी कसरी वृद्घि गर्ने र यीनको उद्देश्य पुरा हुने रकम पश्चातको अतिरिक्त आम्दानी यीनै गुठीहरु मार्पmत कसरी लोक कल्याणमा लगाउन सकिन्छ भनेर सोच्ने बेला आएको छ । भारतका कैयन् मठ–मन्दिरको जमिन र भक्तजनहरुबाट प्राप्त हुने भेटी वापतको ठुलो धनराशीबाट मन्दिरको पुजाआजाको साथै निशुल्क अस्पताल र विश्वविद्यालयहरु समेत सञ्चालनमा छन् । बरु एउटा जम्बो टोली दक्षिण र दक्षिण पुर्वी एशियाका विभिन्न मुलुकहरुमा यो वारे के कस्तो व्यवस्था गरिएको रहेछ भन्ने कुराहरु बुझ्न गएपनि हामी जनताको कपाल त्यति दुख्ने छैन ।